प्रहरी प्रशासन

सप्तरीबाट लागू औषध गाँजा सहित एक जना पक्राउ

पब्लिक प्रेस
राजविराज ।

सप्तरी प्रहरीले लागू औषध गाँजा सहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ ।

तिरहुत गाउँपालिका वाड नम्बर ४ बस्ने बर्ष ३८ को मो सजितलाई प्रहरीले चेकजाँच गर्ने क्रममा पाँच किलो लागू औषध गाँजा सहित पक्राउ गरेको हो ।

तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ८ तोपा चोक स्थित हनुमाननगर राजविराज सडक खण्डमा ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा पैदल आईरहेको अवस्थामा सजितको जिउ चेकजाँच गर्दा उनको झोला भित्र सेतो प्लाष्टिकमा सो तौल बराबरको लागू औषध बरामद भएको प्रहरीले जानकारी दिए ।

उनलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button