समाज

सप्तरीमा १५ वर्षीया किशोरीको झुण्डिएको अवस्थामा शव फेला, प्रहरीले अनुसन्धान सुरु गर्‍यो

नविन  निर्भय यादव

सप्तरी,।
सप्तरीको राजगढ गाउँपालिका–६ बर्दाहीमा १५ वर्षीया किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन्। सिरहा जिल्ला भगवानपुर गाउँपालिका–२ गमरिहा घर भएकी नेहा मण्डल मामा सुनिल मण्डलको घरमा बस्दै आएकी थिइन्।

कार्तिक १६ गते बिहान करिब ८ बजे नेहा मण्डललाई घरभित्र बाँसको बलोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरी चौकी झुटकीले जनाएको छ।

घटनाबारे सूचना प्रहरी चौकी झुटकीमा पुगेपछि प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले स्थल सुरक्षित गरी प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ।

थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।

घटनाको वास्तविक कारण खुलेको छैन भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button