समाज

समाज र देशका लागि याेगदान गर्ने मानिस मरणासन्न जिवित रहन्छ : नेता प्याकुरेल

पब्लिक प्रेस संवाददाता
कञ्चनरुप |
नेपाल कम्युनिष्ट पार्टी एमालेका पाेलिटब्युराे सदस्य एवं सप्तरी इन्चार्ज सुमनराज प्याकुरेलले मानिसकाे मरण दुई खाले हुने बताउनु भयाे । जसले समाज र देशका लागि याेगदान दिएकाे हुन्छ त्याे ईतिहासमा रहिरहने मरण हाे यसलाई भारी मरण भनिन्छ र अर्काे हाे हलुका मरण, जसले आफ्नो स्वार्थशिद्ध हुने काम बाहेक केहि गर्दैन ।

मंगलबार सप्तरीकाे कञ्चनरुप नगरपालिका १२ स्थित बस्तिपुर निवासी देब नारायण श्रेष्ठककी ममतामयी आमा झुमालक्ष्मी श्रेष्ठकाे शाेकसभा कार्यक्रममा यस्ताे बताउनु भएकाे हाे । शाेक सन्तप्त परिवारजनमा समवेदना सहित मृतक आमाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेता प्याकुरेलले भन्नुभयाे, पार्टी स्थापनाकाल देखि नै स्वर्गीय आमाले हामीलाई सघाउनु भएकाे ईतिहास छ । स्व. आमाकी छाेरा देब नारायण श्रेष्ठले भूमिगत कालमा पार्टीप्रति जुन याेगदान गर्न प्रेरित भयाे यसमा स्व.आमाकाे अहम भूमिका थियाे ।

यस अवसरमा पार्टीका जिल्ला कमिटी, क्षेत्रिय कमिटी, नगर कमिटी र १२ नम्वर वडाकमिटीका नेता तथा कार्यकर्ताका बाक्लाे सहभागिता रहेका थिए।
स्वर्गीय झुमालक्ष्मी श्रेष्ठप्रति जिल्ला,नगर र वडाकमिटीले हार्दिक श्रद्दाञ्जली पत्र हस्तान्तरण गराएका छन् । जिल्ला कमिटीका सचिव देवनाथ यादव, नगर र वडाका अध्यक्षद्वय बच्चुलाल चाैधरी र दिल बहादुर थापाले साे पत्र हस्तान्तरण गराउनु भएकाे हाे ।

यहि साउन २० गतेका रातमा आफ्नै घरमा १०४ बर्षिय आमाकाे इहलिला समाप्त भएकाे थियाे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button