धर्म

बाबुको मुख हेर्ने दिन, जेष्ठ नागरिक तथा साकारात्मक सोच एक अर्काको परिपुरक

कृष्णानन्द भट्ट
काठमाडौं।

भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाएका छन्। सनातन धर्मावलम्बीहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकको रूपमा मान्दै आएका छन्।
कुशे औँसीलाई बाबुको मुख हेर्ने दिनको रुपमा मान्ने गरिन्छ। कुशेऔसीमा छोराछोरीले परम्पराअनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान गर्ने परम्परा रही आएको छ। बाबु नहुनेले पवित्र स्थान अर्थात नदि तलावमा गई आफ्नो बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी ब्राह्मणलाई सिदा दिने प्रचलन छ।
काठमाडौको उत्तरगयाको रूपमा परिचित गोकर्णेश्वर मन्दिरमा विशेष मेला लाग्ने गरेको छ। यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ बागमति प्रदेश पर्यटन विकास समिति र कर्ण सकारात्मक कोषको सहकार्यमा जेष्ठ नागरिक र साकारात्मक सोच विषयक अन्तरकृया तथा बुवाको मुख हेर्ने दिन अर्थात् गोकर्ण औंसीको अवसरमा जेष्ठ नागरिकको हकहितको सम्बन्धमा एक कार्यक्रम आयोजना गरी सम्मान तथा परिचयात्मक र साकारात्मक सोच एवं जेष्ठ नागरिकको सम्मानमा कार्यक्रम आयोजना गरेको थियोे।
कार्यक्रममा साकारात्मक सोचका प्रवर्तक तथा लेखक कर्ण कलाकार मदन कृष्ण श्रेष्ठ तथा मदन दास श्रेष्ठ, रघुबर मानन्धर, शेखर खनाल, प्रवीण शाक्य, भुषण राज प्रधान, जोश राज निरौला, हिरा काजी श्रेष्ठ र वरिष्ठ पत्रकार नजरमान महर्जन लगायत सहभागीहरुले आमा बाबुप्रति साकारात्मक सोच राख्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियोे।
सामाजसेवी रघुविर श्रेष्ठको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय गान र साकारात्मक सोचमा आधारित गीत तथा भिडियो प्रस्तुत गरिएको थियोे। सोही अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठले लब्धप्रतिष्ठित व्यक्तित्वलाई प्रसंशा-पत्र सहित सम्मान गर्नु भएको सो कार्यक्रम सभापति राज्यलक्ष्मी शाक्यको सभापतित्वमा सप्पन्न भएको थियो।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button