समाज

अनिता देवी राय हत्या प्रकरणमा १ जना पक्राउ

राजविराज । सप्तरी प्रहरीले कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–५ बनरझुला टोल निवासी गजेन्द्र रायका ३० वर्षीय छोरा बब्लु राय रहेका छन् ।
प्रहरीका अनुसार २०८३ वैशाख २३ गते राति करिब ११ बजे मृतक अनिता देवी रायले आफ्ना श्रीमानसँग फोनमा कुराकानी गरेपछि सुतेकी थिइन् । तर भोलिपल्ट बिहान उनी नउठेपछि छिमेकीहरूले होहल्ला गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेर खोजतलास सुरु गरेको थियो ।
खोजीका क्रममा वैशाख ३० गते कोशी नदी किनारमा मृतक अनिताको दुबै हातखुट्टा बाँधिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनापछि मृतकका श्रीमान बिरेन्द्र राय अमातले छिमेकी बब्लु रायविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए । सोही आधारमा अनुसन्धान अघि बढाउँदै जाँदा घटनापछि फरार रहेका बब्लु रायलाई प्रहरीले जेठ ११ गते पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका रायमाथि अनुसन्धानका लागि सप्तरी जिल्ला अदालत बाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button