समाज

अविरल बर्षासैगै जिता नदिमा आएको बाढिले १३ घर डुवानमा

अविरल बर्षासैगै जिता नदिमा आएको बाढिले १३ घर डुवानमा
नविन यादव |
राजबिराज

सप्तरीमा बुधवार आएको अविरल वर्षाकाे कारणले १३ घर डुवानमा परेका छन् ।
तिलाठी काेईलाडी गाँउपालिका वडा नम्बर ७ स्थित सरदार टाेलमा १३ घर डुवानमा परेकाे हाे । बुधवार बिहान परेकाे भारी बर्षासंगै जिता नदिमा आएको बाढीले दिशा परिवर्तन गर्दा पानी गाउँ पसेकाे थियाे ।

नदिकाे बाढी गाउँ पसेपछि स्थानिय राचन्द्र सरदार ,मनाेज सरदार,बिनाेद सरदार,सिकेन सरदार,रामलखन सरदार ,सनाेज सरदार,सराेज सरदार,नारायण सरदार,महानन्द सरदार,रामसेवक सरदार,शंकर सरदार,हिराय सरदार भुटाई सरदारकाे घर जलमग्न भएकाे हाे । घरभित्र पानीकाे सतह ३ फिटभन्दा माथी आएपछी पिडितहरुको खाध सामाग्रि,लत्ता कपडा लगायत सामानहरु डुबेकाे पिडितहरुले गुनासाे गरे ।

आफुहरुको बिजोगलै वडा अध्यक्ष हरिनारायण मंडलले जनकारी दियौ तर भरदिन वडा अध्यक्षले हाम्रो बिजोगलै हेर्यो मात्र कुनै राहतको निकास दिएन उनिहरुले दु:खेसाे पाेखे ।

यता वडाध्यक्ष मंडलका अनुसार जिता नदिकाे बहाव सिमा पार गरिसके पछि १३ घरपरिवार विस्थापित हुने सम्भावना देखा परेकाे छ । उनले भने घटनाकाे वारेमा पालिका अध्यक्ष ,उपाध्यक्ष र विपदव्यवस्थापन अनुगमनमा खटिएका जनकारी दिनेकाम भएकाे छ । उनले पालिकालाई देखाउदै आफुले तत्काल केही सहयाेग भने गरेन पिडितहरु तेस्तै अवस्थामा बस्न वाध्य भएका छन् । उता शान्ति सुरक्षामा प्रहरी चाैकि काे वरसाईन सकृयता रहेका छन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button