समाज

बालविवाह र बहुविवाह आरोपि थुनामा

सप्तरी ।

राजविराज नगरपालिका–१५ देउरी भरुवाकी २३ वर्षीया आरती कुमारी पण्डितका पति २५ वर्षीय अनिलकुमार पण्डित असार ३१ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेका छन् । बालविवाह र बहुविवाहको आरोपमा उनी कारागारमा थुनामा परेका हुन् । अनिलले २०८१ बैशाख १६ गते भारतको विहार प्रान्त सुपौल जिल्ला थाना निर्मली ग्राम लक्ष्मनिया–४ की १८ वर्षीया शियाकुमारी पण्डितसँग बहुविवाह तथा बालविवाह गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ ३० गते उजुरी दिनुभएको थियो । सामाजिक परम्पराअनुसार २०७६ फागुन २८ गते विवाहिता पीडित निसन्तान छिन् । विवाहमा १५ लाख रुपियाँ बढी दाइजो दिएपनि थप दाइजो मागेर बारम्बार पीडितलाई गालीगलौज, कुटपिट गर्दै आएका उनका पति अनिलले विवाह दर्ता गर्न अस्विकार गरी दोस्रो विवाह गर्ने धम्की दिदै आएका थिए । आरोपितहरुले २०८० चैत २५ गते गालीगलौज, कुटपिट गर्दै घरनिकाला गरेपछि पीडित शम्भुनाथ नगरपालिका–८ पोखरियास्थित माइत विस्थापित भएकी छिन् । आरोपितहरुले बहुविवाह गरी घर फर्किएको थाहा पाई प्रहरीसहित पीडित घर पुगेकी थिइन् । आरोपितहरु अनिल र शियाकुमारीलाई प्रहरीले जेठ ३० गते घरबाट गिरफ्तार गरेकोमा जेठ ३२ गते गाउँलेहरुको दवावमा रिहा गनुपरेको थियो । जिल्ला प्रहरी कार्यालयमा असार २ गते उजुरी दर्ता भयो । इन्सेकको पहलमा आरोपित अनिल असार ५ गते पुनः गिरफ्तार भए । अर्की आरोपित शियाकुमारी फरार भएर माइत बसेकी छिन् । जिल्ला अदालतमा असार ३० गते अभियोग पत्र दायर भयो । जिल्ला न्यायाधीश संजिब पोखरेलको इजलाशले असार ३१ गतेदेखि आरोपित अनिल पुर्पक्षका लागि कारागारमा थुनामा छन् ।
स्रोत : इन्सेक सप्तरी

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button