समाज

बैज्ञानिक महाबीर पुन सप्तरीमा

पब्लिक प्रेस संवाददाता
कञ्चनरूप माघ १६ गते ।

बिरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालन गराउने अभियानमा लागेका बैज्ञानिक महाबीर पुन सप्तरीमा आइपुगेका छन् । साे कारखाना सञ्चालनका लागि आर्थिक संकलन जुटाउन आफ्नै आत्मकथाको पुस्तक बेच्दै उनी मंगलबार सप्तरी आइपुगेका हुन् ।

उनलाई राजबिराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत प्रविणले मंगलबार भब्यस्वागत गर्दै बैज्ञानिक पुनकाे किताब किनेर आर्थिक सहयोग गरेको थियो । जिल्लाकाे अगनीसाइर कृष्णासवरन गाउपालिका हुँदै बुधबार कञ्चनरूप र सप्तकाेसी नगरपालिकामा विभिन्न वडामा उनलाई स्वागत गरिएकाे छ । बैज्ञानिक पुनले नेपाल कृषि प्रधान देश भएकाेले कृषिमा प्रयाेग हुने आधुनिक औजारहरु निर्माण गर्न बिरगञ्जकाे कृषि औजार पु:न सञ्चालन गर्ने उद्धेश्यले आफु सहयाेग जुटाउन विभिन्न जिल्लाका स्थानिय तह एवंम संघ- संगठन समक्ष पुग्ने बताए ।
बैज्ञानिक पुन बिहिबार उदयपुर जिल्लातर्फ लाग्ने जनाइएकाे छ । उनले आफैले लेखेकाे किताबकाे छुट्टै महत्वसंगै जुन उनकाे उद्धेश्यले पनि ठुलाे प्रभाव पारेकाे छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button