नविन यादव
राजबिराज |
बट सावित्री पतिको दीर्घायुकाे कामना गर्दै वरकाे रुखमा पूजाआजा गर्दै मधेशका जिल्लामा बट सावित्री पर्व मनाएका छन् ।
ग्रामीण क्षेत्रका मैथली महिलाहरूले वरकाे रूखमा राताे ,पहेँलो धागो बाँधी पतिको दिर्घायुकाे कामना गर्दै बिहिवार बट सावित्री पर्व मनाएका हुन्। यसै क्रममा बिहानै तिलाठी काेईलाडी गाउपालिका वाड नम्बर ७ स्थित ग्राम देवता थान परिसरकाे एक सय वर्ष भन्दा बढी वरकाे रूखमुनि पुजाअर्चना गर्न नव विवाहित महिलाहरूकाे भिड लागेकाे स्थानिय बिनाेद यादवले बताए ।
बट सावित्री पर्व मनाउँदा मनकाे इच्छा पुराहुने, पतिको आयु बढ्ने, जस्ता कामना पुराहुने जनविश्वास रहि आएको छ । धार्मिक किम्वदन्ती अनुसार बरकाे रूखमा ब्रह्मा,विष्णु ,महादेवकाे वास हुने भएकोले वरकाे रूखकाे पूजा गर्ने प्रचलन रहेकाे छ । पाैराणिक मान्यतानुसार ऋषिपुत्रि सावित्रीले आफ्नो पति सत्यवानकाे प्राण यमराज सँग खाेसेर ल्याएको दिनकाे स्मरण गर्दै विवाहित महिलाहरूले जेठ औँसीकाे दिन याे पर्व मनाउने गर्दछन् ।
केही वर्षअघिसम्म याे पर्व व्रम्हाण,कास्य,र सुनार जातिकाे महिलाहरूले मनाउँदै आएकोमा अहिले अन्य समुदायको महिलाहरूले पनि मनाउने गरेकाे बुझिएकाे छ ।
नवविवाहिता महिलाहरूकाे माईतिबाट याे पर्व मनाउन भार(काेसेली) पठाउने गरिन्छ र त्यसै काेसेलीबाट पूजाआजा गर्ने चलन पनि छ । काेसेलीमा साडी ,चाेलाे,चाना,आँप,चुरा,दही,बेन(बासकाे पँखा)राताे पहलाे धागो लगायतका सामग्री पठाइन्छ। अन्य रूखकाे तुलनामा वरकाे रूखकाे आयु लामाे हुने भएको र वरकै रूखमुनि सावित्रीकाे पति सत्यवानकाे प्राण फिर्ता गरिएकोले वरकाे रुखमा पुजा गर्ने चलन बसेकाे धर्मालम्वीहरुकाे भनाई छ ।









