समाज

सप्तरीमा दुई महिलाको आत्महत्या

तिलाठी कोईलाडी र तिरहुत गाउँपालिकामा अलग–अलग घटनामा दुई महिलाको आत्महत्या, प्रहरी अनुसन्धान जारी

पब्लिक प्रेस  |
सप्तरी। जिल्लाका दुई फरक स्थानमा दुई महिलाले झुण्डिएर आत्महत्या गरेको घटनाले स्थानीय क्षेत्रमा स्तब्धता छाएको छ।

पहिलो घटना तिलाठी कोईलाडी गाउँपालिका–५ बसरझुलामा भएको हो। सो गाउँका सुनिल रायकी श्रीमती २१ वर्षीया अञ्जली देवी राय ले २२ गते राति आफैं सुत्ने कोठाको सिलिङ फ्यानमा साडीको पासो लगाई आत्महत्या गरेकी हुन्।

घटनाकाे विषयमा जानकारी पाएलगत्तै प्रहरी चौकी कोबर्साईनबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेर स्थल सुरक्षित गरेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट SOCO टोली सहितको प्रहरी समूह खटाई विस्तृत अनुसन्धान कार्य अघि बढाइएको छ।

दोस्रो घटना तिरहुत गाउँपालिका–४ डिमनमा भएको हो। त्यहाँ घरज्वाईंका रूपमा बस्दै आएका बुदेश्वर मलाहकी श्रीमती ५३ वर्षीया मुनो कुमारी मलाह ले मिति बिहान करिब ६:३० बजे आफ्नै टिनको घरको सुत्ने कोठामा काठको बलोमा साडीको पासो लगाई आत्महत्या गरेकी हुन्।
उनी मृत अवस्थामा भेटिएपछि छोराले पासो काटी झिकेका थिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधव प्रसाद काफ्ले नेतृत्वको प्रहरी टोली पुगेको जनकारी दिदै
डिएसपी काफ्लेले भने, “दुवै घटनाको विस्तृत अनुसन्धान भइरहेको छ, प्रारम्भिक अध्ययनपछि मात्र वास्तविक कारणबारे स्पष्ट भन्न सकिन्छ।”

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button