समाज

धारिलो बस्तुले आफ्नै घाँटीमा प्रहार गरी घाइते

पब्लिकप्रेस संवाददाता

राजविराज ।

सप्तरीको महादेवा गाउँपालिका–४ डाढा टोलमा शुकबार बिहान घरायसी विवादका कारण एक महिला घाइते भएकी छिन्।

छतर खंगका छोरा २० वर्षीय हरिशंकर खंग र सोही टोलका रामअशिष खंगकी २५ वर्षीया पत्नी आरती खंगबीच घरायसी विषयमा वडाध्यक्ष जुगेश्वर साहलाई राखेर छलफल भइरहेका बेला आरती अचानक बैठकबाट उठी आफ्नै कोठामा गई घाँटीमा धारिलो वस्तु प्रहार गरी घाइते भएकी प्रहरी चौकी महादेवाले जनाएको छ।

घाइते आरतीलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको र उनको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ। उपचारमा आरतीका बुबा संलग्न रहेका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी महादेवा सप्तरीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको र आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button