पब्लिक प्रेस सम्वाददाता
राजविराज ।
राजविराज नगरपालिका वडा नम्बर ७ स्थित राजंगशालाको भ¥याङ मुनीको एक घरबाट ठूलो परिणाममा सोमबार लागूऔषध गोटी र गाँजा सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रंगशालामा दर्शकहरु बस्नको लागि निर्माण गरिएको भ¥याङको मुनि बनाईएको जस्ताले छाएको टहरा घरमा बस्दै आएका बर्ष ५३ को नारायण बहादुर कार्कीलाई लागूऔषध गोटी र गाँजा सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
कार्कीले लागूऔषध बिक्री वितरण गरि कारोबार गर्ने गरेका छन् भन्ने विषेश सूचनाको आधारमा उनको शरीर तथा घर कोठामा खानतलासी गर्दा लागूऔषध गोटी तथा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लुकाई छिपाई राखेको अवस्थामा क्याट लेखिएको झोला भित्र तथा ओछ्यान मुनिबाट स्पास्म प्रोक्सिभन प्लस ३८२ पिस क्याप्सुल, नाईट्राज्यापाम ट्याव्लेस आइपी १४९ पिस, नाईट्रोभेट –१० १५४ पिस, विभिन्न कम्पनीका मोबाइल १३ सेट, सेतो कागजमा पुरिया बनाई राखेको लागूऔषध जस्तो देखिने पदार्थ ७९ पिस, ३११ ग्राम गाँजा, दुई लाख ५० हजार ५ सय १० नेपाली र ६ हजार ३ सय ३० रुपैयाँ भारतीय रुपैयाँ फेला परेको छ ।
लागूऔषध सहित पक्राउ परेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा राखी सप्तरी जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान भईरहेको सप्तरीका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।









