प्रहरी प्रशासन

सप्तरी प्रहरीद्वारा मोटरसाईकल सहित अवैध सामान नियन्त्रणमा

पब्लिक प्रेस सम्वाददाता
राजविराज ।

सप्तरी प्रहरीले भारतबाट अवैध तरिकाबाट ल्याउँदै गरेको किराना सामान सहित मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
जिल्लाको बोदेबर्साईन नगरपालिका वडा नम्बर १० खडकपुर स्थित रहेको हनुमान मन्दिर स्थितबाट गत सोमबार भारतबाट अवैध रुपमा भंसार छलि तथा चोरी पैठारी गरी मोटरसाईकलमा लोड गरी ल्याउँदै गरेको एक लाख मुल्य बराबरको किसान सामान सहित मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा भारतबाट अवैध रुपमा भंसार छलि तथा चोरी पैठारी गरी बिआर ३२ ई ३५३३ भारतीय नम्बर प्लेट भएको हिरो कम्पनीको पैसन प्रो १२५ सिसिको कालो र रातो रंगको मोटरसाईकलमा बोराहरु लोड गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखी सोही स्थानमा मोटरसाईकल र मोटरसाईकलमा लोड रहेको बोरा छाडी मानिसहरु फरार भएको प्रहरीले जानकारी दिए ।

बेवारिसे अवस्थामा रहेको सामानहरु प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त बोरा भित्र टोस्ट ईलैंची बिस्कुट १० कार्टुन, अमुल स्प्रे मिल्क एक कार्टुन, पहलवान सरसो खाने तेल एक कार्टुन र बिआर ३२ ई ३५३३ नम्बर प्लेट भएको भारतीय हिरो कम्पनीको पैसन प्रो १२५ सिसीको रातो र कालो रंगको मोटरसाईकल एक थान गरि कुल एक लाख मुल्य बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिए ।

बरामद भएको सामानहरु आवश्यक कारबाहीको लागि राजविराज भंसार कार्यालयलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button