प्रहरी प्रशासन

“डनदेखि तस्करसम्म : एसपी खतिवडाको कार्यकालमा अपराध नियन्त्रण”

नविन निर्भय यादव

राजविराज । लागूऔषध नियन्त्रण र आपराधिक गिरोहमाथि कडा प्रहार गर्दै एसपी ढकेन्द्र खतिवडाले सप्तरी प्रहरी प्रमुखको कार्यकाललाई उपलब्धिपूर्ण बनाएर बिदा लिएका छन्। आफ्नो बसाइका क्रममा उनले ६,६६६ किलो गाँजा, अन्य ८७२ थान लागूऔषध, ब्राउन सुगरसहित ३५ जनालाई नियन्त्रणमा लिई ३१ जनामाथि मुद्दा चलाएका छन्।

एसपी खतिवडाको नेतृत्वमा ४०४ फरार प्रतिवादी पक्राउ गरिई जरिवाना तथा कैद भराई अदालतमार्फत कारागार चलान गरिएको छ। त्यस्तै, भन्सार चोरी निकासी अन्तर्गत २ करोड ५८ लाख रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा दाखिला गरिएको छ।

सप्तरीकै लागूऔषध कारोवारी ‘डन’ बुधन भन्ने जोगानन्द मण्डल र ठगी गिरोहका नाइके हनुमानी भन्ने राम बहादुर रजकलाई पक्राउ गरी मुद्दा चलाउँदै उनले अपराध नियन्त्रणमा उल्लेखनीय योगदान पुर्‍याए। यिनै कार्यवाहीका कारण एसपी खतिवडा चर्चामा समेत रहेका थिए।

समुदाय–प्रहरी सहकार्यलाई प्रवर्द्धन गर्दै प्रहरी व्यारेकहरूमा एसी जडान, शौचालय निर्माण, उजुरीको सहजताका लागि भवन निर्माण, तथा शुद्ध खानेपानीको व्यवस्था जस्ता पूर्वाधार विकासमा समेत उनी सक्रिय देखिए।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button