प्रहरी प्रशासन

सप्तरीबाट दुई जना फरार प्रतिवादी पक्राउ

उत्सव आचार्य
कञ्चनरूप, २६ जेठ । सप्तरी प्रहरीले नागरिकता मुद्धा र लेनदेन विगो मुद्धाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तिलाठी कोईलाडी गाउँपालिका २ का
महाविर मण्डल र हनुमाननगर कंकालिनि नगरपालिका ७ की गुडिया देवी रहेका छन् ।

महाविरलाई नागरिकता सम्बन्धि मुद्धामा जिल्ला अदालत सप्तरीले १ वर्ष ५ महिना ३ दिन कैद सजाय सुनाएको थियो भने गुडिया देवीलाई लेनदेन विगो मुद्धामा १ महिना कैद सजाय सुनाएको थियो । फैसलापछि दुवैजना फरार थिए ।

दुबै जनालाई सोमबार नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सोमबार नै जिल्ला अदालत सप्तरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी अधिकृत प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिनुभयो ।

 

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button