प्रहरी प्रशासन

लागू औषधविरुद्ध सप्तरीको दृढ कदम: विद्यार्थीलाई सचेत बनाउन जागरण कार्यक्रम

पब्लिक प्रेस ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार लागू औषध नियन्त्रणको उद्देश्यले राजविराज नगरपालिका वडा नं. ३ स्थित उदयपुर टेक्निकल कलेज इन्स्टिच्युटमा विशेष जागरण कार्यक्रम सम्पन्न गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा र वडा अध्यक्ष अनिल कुमार साहको उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।

कक्षा ११ र १२ मा अध्ययनरत ५० जना विद्यार्थीहरुको सहभागितामा लागू औषधको हानिकारक प्रभाव र नियन्त्रणका उपायबारे गहन छलफल गरिएका हुन । प्रमुख जिल्ला अधिकारी दाहाल र प्रहरी उपरीक्षक खतिवडाले विद्यार्थीलाई लागू औषध दुरूपयोगको चक्र तोड्न जागरूकता फैलाउन र सक्रिय भूमिकामा अगाडि बढ्न आह्वान गरे।

कार्यक्रमले युवा पुस्तामा सचेतना फैलाउनुका साथै लागू औषधको नकारात्मक प्रभावविरुद्ध समाजमा सशक्त सन्देश प्रवाहित गरेको छ। आयोजकहरूको विश्वास छ कि यस किसिमका पहलहरूले जिल्ला स्तरमा लागू औषध नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button