समाज

वैवाहिक वार्षिकोत्सवको उपलक्ष्यमा विद्यालयमा शैक्षिक समाग्री वितरण

नविन निर्भय यादव
राजबिराज फागुन ५ गते ।

राजविराज नगरपालिका वडा नम्बर ६ निवासी दुगड दम्पतिले बैवाहिक बार्षिकाेत्सवकाे उपलक्ष्यमा एक बिधालयका छात्र छात्रालाई शैक्षिक सामाग्री बितरण गरेका छन् । मनिष दुगड र मधु दुगडले आफ्नो २५औं वैवाहिक वार्षिकोत्सवको उपलक्ष्यमा साेमबार एक कार्यक्रमबीच नगरपालिका वडा नम्बर १ स्थित अधारभुत विद्यालय केन्द्र नम्बर २ का बिधार्थीहरूलाई शैक्षिक सामाग्री बितरण गरेकाे हाे ।
उनिहरूले ९० थान झोला, पेन्सिलसेट, चकलेट र खाजा वितरण गरेकाे हाे । सोही अवसरमा खुसराज दुगड, हनुमन्त दुगड, किरण देवी दुगड,नागरिक समाज थान सिंह भन्सालि, पुर्व वडा अध्यक्ष मगिलाल नाई, शिक्षा संयोजक भोगेन्द्र यादव, पत्रकार बैदनाथ झा मनाेज माझी, सुधा देव, नानू मैया कटुवाल ,नविन निर्भय यादव र बिधालय परिवारकाे उपस्थिति रहेको थियो।
आयोजित समारोहमा सहभागीहरुले दुगड परिवारले बिधालयमा अध्ययनरत गरीब, बिपन्न छात्र छात्राहरूलाई शैक्षिक सामाग्री प्रदान गरेर राम्राे काम गरेकाे भन्दै गुणगान गरे । दुगड परिवारले याे कार्य गरेर समाजलाई एउटा आयाम प्रदान गरेको छ । यस अभियानले विद्यार्थीहरूको खुसी बढाउँदै शिक्षामा प्रोत्साहन गरेको संदेश समुदायमा फैलिएर जाने सहभागी सबैले जोडीको परोपकारी प्रयासको प्रशंसा गरे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button