प्रहरी प्रशासन

ईलाका प्रहरी कार्यालय कञ्चनपुरकाे भवन अत्याधुनिक किसिमले निर्माण हुने : मन्त्री लेखी

पब्लिक प्रेस संवाददाता
कञ्चनरूप माघ २९ ।

सप्तरीको कञ्चनपुर स्थित इलाका प्रहरी कार्यालय भवन अत्याधुनिक रूपमा निर्माण हुने भएको छ। ब्रीटिस एम्बेस्सी को सहयोगमा ३ करोडको लागतमा इप्रकाकाे अत्याधुनिक भवन निर्माण हुने भएकाे मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले जानकारी दिनुभयाे ।

मंगलबार मन्त्रालयकाे आयोजनमा कञ्चनपुरमा सञ्चालन भएको”मधेश प्रदेशमा बिपद जोखिम न्युनिकरण र जलवायु परिवर्तन सहकार्य सुदृढिकरण २ दिने कार्यशाला” को समापन समाराेहमा सहभागी मन्त्री लेखीले ईलाका प्रहरी कार्यालयकाे स्थलगत अध्यन तथा अनुगमन समेत गर्नु भयाे । यहि क्रममा प्रहरी कार्यालयको सेवा ब्यबस्थापन लाई मध्यनजर गरि सुबिधा सम्पन्न भवन निर्माण चालू आ.व. २०८१/०८२ मा सम्पन्न हुने गरी अगाडि बढाइएको लेखीले जानकारी गराउनु भएको हाे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button