प्रहरी प्रशासनसमाज

पैसा छाप्ने गिरोहमा संलग्न रहेको आरोपमा महिला पक्राउ

राजबिराज, माघ २० गते ।पैसा छापेर दोब्बर दिने भन्दै ठगी धन्धा चलाउने गिरोहसँग मिलेर काम गर्ने समिना खातुन पक्राउ परेकी छिन।

सुनसरी जिल्ला इनरुवा नगरपालिका-३ स्थित होटेल सञ्चालन गरिरहेकी उनलाई सोही स्थानबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय राजविराज ल्याएको प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिएको छ।

आरोपित खातुनसहित गिरोहमा संलग्न तिन जना पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले बताए।यसअघि गिरोहका कमान्डर रामबहादुर रजक र बैधनाथ यादव पक्राउ परिसकेका छ्न।

उनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघात कसुरको आरोपमा अनुसन्धान भइरहेको छ ।खातुन लामो समयदेखि इनरुवामा अवैध गतिविधिमा संलग्न रही संगठित रुपमा अपराध चलाइरहेको खुलेको हो।स्रोतअनुसार आरोपित खातुन पीडितहरुलाई गिरोहमा पैसा लगानी गर्न मान्छे खोज्ने काममा संलग्न रहेको पाइएको छ।

डिएसपी बस्नेतका अनुसार आरोपित खातुनलाई सोमबार जिल्ला अदालत सप्तरीबाट म्याद थप गराइनेछ ।यस गिरोहबाट पीडित भएका मध्ये १३ वटा जाहेरी दर्खास्त प्रहरीमा परेको छ।गिरोहमा संलग्न अन्यको खोजी कार्य तथा सञ्जालबारे अनुसन्धान भइरहेको प्रहरीको दाबी रहेको छ।

अवैध कारोबारको माध्यमबाट सम्पत्ति आर्जन गर्ने उदेश्यले अरुको सम्पत्तिमा हानीनोक्सानी पुर्याइ अपराध गर्ने यो गिरोहमा विशिष्ट व्यक्तिहरुको संलग्नता रहेको प्रहरी बताउँछन् ।पीडितहरुले यो गिरोहको अनुसन्धान आयोग बनाइ गर्नुपर्ने बताएका छ्न।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button