समाज

उप निर्वाचनमा निर्वाचित वडाध्यक्ष साह पक्राउ

पब्लिक प्रेस संवाददाता
राजबिराज मङ्सिर २० गते ।
सप्तरीकाे डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ निवासी धिरेन्द्र कुमार साहलाई सप्तरी प्रहरीले पक्राउ गरेकाे छ । यहि मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित धिरेन्द्र कुमार साहलाई बुधबार पक्राउ गरेकाे सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

एसपी खतिवडाकाे अनुसार, साहले स्थानीय एक युवतीलाई ज्यान मारेको र उसैकाे भाईलाई अपहरण समेत गरेको आराेपमा पक्राउ गरेकाे हाे । उनलाई डाक्नेश्वरी १ काे वडा कार्यालयमा राखिएको पदस्थापना कार्यक्रमकाे मञ्चबाटै प्रहरीले पक्राउ गरेको हाे ।

साहलाई जिल्लाकाे कल्यानपुर ईलाका प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान कार्यभईरहेकाे जिल्ला प्रहरी कार्यालयले सप्तरीले जनाएकाे छ ।

उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपाल बाट साहले ६ सय ५२ मत प्राप्त गरी विजय हुनुभएको थियोे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button