समाज

अत्यधिक बल प्रयोग घटनाको भर्त्सना: इन्सेक

काठमाडौं ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ भदौ २३ गते एक विज्ञप्ति प्रकाशन गरी जेनजीले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको अत्यधिक बल प्रयोग घटनाको भर्त्सना गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजीले ०८२ भदौ २३ गते काठमाडौँमा गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको अत्यधिक बल प्रयोगको हामी भर्त्सना गर्दछौँ । पूर्व घोषित कार्यक्रम अनुसार माइतीघरमा भेला भई बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गर्दा १५ जनाको मृत्यु र समाचार सङ्कलनमा रहेका पत्रकारसहित सयौँ घाइते भएका छन् ।

विज्ञप्तिमा निशस्त्र प्रदर्शन नियन्त्रण गर्ने अनेकौँ तरिका अवलम्बन नगरी अत्यधिक बल प्रयोग गरिँदा भएको हताहतिले मानव अधिकार, लोकतान्त्रिक मूल्य र मान्यताको खिल्ली उडाएको उल्लेख गरिएको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको न्यायिक छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन, घाइतेहरूको शीघ्र तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन र आक्रोशित युवाहरूलाई सहमतिमा ल्याई शान्ति र अमनचयन कायम गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button