समाज

बाबा बहुमुखी क्याम्पसमा वृक्षारोपण

पब्लिक प्रेस ।

धर्मेन्द्र कुमार कुर्मी

कपिलवस्तुकाे महाराजगञ्ज नगरपालिका-१ महाराजगञ्जमा अवस्थित फलाहारी बाबा बहुमुखी क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार क्याम्पसले विभिन्न जातका फूल र रुखका बिरुवा क्याम्पस प्राङ्गणमा राेपेकाे स्वतन्त्र विद्यार्थी युनियन क्याम्पसका सभापति अभिषेक यादवले जानकारी दिए ।

क्याम्पसलाई हरियाली र साैन्दर्यीकरण गर्नका लागि विभिन्न प्रजातिका फूल र रुखका बिरुवा क्याम्पस प्राङ्गणमा लगाइएको उनले बताए । उनले वृक्षारोपणलाई अभियानकै रुपमा चलाउन आवश्यक रहेकाे बताउँदै सबै क्याम्पस र विद्यालयहरुका वृक्षारोपण गर्नेपर्ने बताए

वृक्षारोपण कार्यक्रममा फलाहारी बाबा बहुमुखी नवनिर्मित भवनका क्याम्पस व्यवस्थापन अध्यक्ष श्याम सुन्दर चौधरी, क्याम्पस प्रमुख सुर्यलाल कसौधन, शिक्षक, कर्मचारी, क्याम्पस सञ्चालक समिति सदस्य र स्वतन्त्र विद्यार्थी युनियनका सभापति अभिषेक यादव, स्ववियु सदस्य लगायत क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको सहभागितामा वृक्षरोपण कार्यक्रम गरिएको राजेश चौधरी जनाएको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button