प्रहरी प्रशासनसमाज

सप्तरीबाट लागू औषध सहित दुई जना पक्राउ

पब्लिक प्रेस सम्वाददाता
राजबिराज ।

सप्तरी प्रहरीले प्रतिबन्धत लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय बलान बिहुलबाट खटिएको प्रहरी टोलीले लागू औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
बलान बिहुल गाउँपालिका वडा नम्बर १ बलान खोलाको पुल भन्दा दुई सय मिटर उत्तरबाट जाँदै गरेको दुबैजनालाई चेकजाँच गर्दा त्रियुगा नगरपालिका वडा नम्बर ९ का होम बहादुरको छोरा अन्दाजी २१ बर्षको चुडामणिा रायमाझी र २१ बर्षिय सुमन परियार पक्राउ परेको छ ।
परियारको हाथमा रहेको कालो ब्याग भित्र फेनेर्गन ९७ थान, डायजेपन ९७ थान, आईपिपिएल ९७ थान र निट्राभेट १४ थान करि कुल ३ सय पाँंच थान बरामद भएको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button