सप्तरीको इलाका प्रहरी कार्यालय कंचनपुरका नव आगन्तुक प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले राजमार्ग अराजकता अन्त्यका लागि निर्णायक कदम चाल्नुभएको छ।
शनिबार इलाका प्रहरी कार्यालय भारदहमा आयोजित विशेष छलफल कार्यक्रममा प्रमुख अतिथि काफ्लेले छाडा पशु र राजमार्ग अतिक्रमण नियन्त्रणका लागि प्रभावकारी निवारण अभियान शुरू गरिएको घोषणा गर्नुभएको छ। कार्यक्रममा जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, युवा वर्ग तथा स्थानिय नागरिकको उल्लेखनीय उपस्थिति थियो।
छलफलबाट दुई मुख्य निर्णय गरिएका छन् ।
१. छाडा पशु नियन्त्रण:- राजमार्ग क्षेत्रमा छाडा पशु चौपायाको समस्या अन्त्य गर्न कानुनअनुसार कडा कारबाही गरिने।
२. राजमार्ग अतिक्रमण रोकथाम:- पोर्ताहा हटियाको अतिक्रमण तथा अव्यवस्थित पार्किङ निवारणका लागि विशेष प्रहरी अभियान शुरू गरिने। सार्वजनिक मार्ग व्यवस्थित बनाउन तत्काल कार्य योजना लागू गर्ने निर्णय।
वडा नं. ३ का अध्यक्ष विजय कुमार यादवले प्रहरीद्वारा अघि सारिएका ठोस कदमहरूमा पूर्ण समर्थन जनाउँदै सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
प्रहरीको यो कठोर निर्णयले सप्तरीको राजमार्गलाई सुरक्षित, व्यवस्थित र सर्वसाधारणको पहुँचमा सहज बनाउने विश्वास गरिएको छ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।