पत्रकार बैधनाथ यादव पुनः पक्राउ परेका छन् । उनलाई साेमबार पक्राउ गरि जिल्ला प्रहरी कार्यालयकाे हीरासतमा राखिएकाे प्रहरी स्राेतले जनाएकाे छ ।
प्रहरीकाे अनुसार यादवलाई मंगलबार सम्मानिय जिल्ला अदालतबाट म्याद थप गराई अनुसंधान अगाडि बढाइने छ ।
पत्रकार यादवलाई रूपैयाँ ठगी धन्धा गिराेहकाे आरोपमा परेकाे उजुरीकाे आधारमा यहि माघ ५ गते बिहान प्रहरीले पक्राउ गरेका थिए । पक्राउ परे लगत्तै यादवकाे स्वास्थ्यमा गढवडी देखिएपछि उनलाई तत्काल राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गराई थप उपचारका लागि अन्त्य लैजान आफन्तजनलाई जिम्मा लगाइएको प्रहरी कार्यालय प्रमुख ढकेन्द्र खतिवडाले बताउदै आएको थियो ।
सप्तरीकाे तिलाठी काेइलाडी ६ निवासी यादव साेही स्थानका हनुमानी भनिने राम बहादुर रजक “नाेट छाप्ने ठगी धन्धा गिराेह” समूहमा मुछिएकाे प्रहरीकाे भनाई छ ।
यादवलाई राजनैतिक परिवेशबाट प्रहरीले उपचारकाे बहाना पारी छाडिदिएकाे भन्दै उनलाई अविलम्व पक्राउ गरि कानुन बमाेजिम कारवाहीकाे माँगसंगै पिडितहरूले उचित न्याय माँग्दै आइतबार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा बिराेध प्रदर्शन गरेका थिए । त्यहाँ आफुहरुको माँग सुनवाही नभएपछि साेमबार संघर्ष समिति काठमाण्डाै पुगेर गृहमन्त्री हुँदै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउने बित्तिक्कै पुन: यादव पक्रिएकाे एक पिडितले बताए ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।