समाज

करेन्ट लागेर ज्यान गुमाएका दम्पती परिवारलाई माओवादी केन्द्रबाट शोकसहित राहत वितरण

पब्लिक प्रेस |

सप्तरी — रुपनी गाउँपालिका–२ पौवाँमा करेन्ट लागेर ज्यान गुमाएका दम्पतीको परिवारलाई नेकपा (माओवादी केन्द्र) ले आज  राहत वितरण गरेको छ।

मृतक ४५ वर्षीय बालेश्वर खंग मण्डल र ४२ वर्षीया उनकी श्रीमती रामकुमारी खंगको निधनपछि पीडित परिवारलाई पार्टीका वैकल्पिक केन्द्रीय सदस्य अरुण कुमार साहको नेतृत्वमा राहत हस्तान्तरण गरिएको हो।

राहतमा ५० किलो चामल, ५ किलो भुजा, २ किलो चुरा, ५ किलो चिनी, ५ किलो खाने तेल, ४ पिस नुहाउने साबुन, ६ पिस लुगा धुने साबुन, आलु, प्याजलगायत खाद्यान्न सामग्री समावेश छन्।

राहत वितरण गर्दै साहले मृतक परिवारको पीडामा सहानुभूति व्यक्त गर्दै, भविष्यमा पनि सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार दल–संगठनको पहलमा गरिएका यस्ता सहयोगहरूले विपद्मा परेका परिवारलाई केही राहत पुर्‍याउने अपेक्षा गरिएको छ।

मृतक दम्पतीको जेठो छोरा १७ वर्षीय सुरज खंग र अपाङ्ग कान्छो छोरासहित परिवार अहिले विपन्न अवस्थामै रहेको स्थानीयहरूले बताएका छन्।

साउन १० गते शनिबार विहान दम्पतीको करेन्ट लागेर मृत्यु भएको थियो।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button