समाज

सप्तरीकाे कजाैली टाेलमा आगलागी : व्यापक धनमालको क्षति

पब्लिक  प्रेस ।

जिल्ला सप्तरीको महादेवा गाउँपालिकाको वडा नं. २ कजौली टोलमा आगलागी हुँदा तीन घरमा अठाइस लाख बिस हजार रुपैयाँ बराबरको धनमालको क्षति भएको छ।

विहिवार राती १२:३० बजे आगलागी सुरु भएको थियो। शिव कुमार मण्डल, सुगम्बर मण्डल र गुनेश्वर मण्डलको घरमा लागेको आगो के कारणले लाग्यो भन्ने पत्ता नलागेको स्थानीय प्रहरी चौकी महादेवाले जानकारी गराएको छ। आगलागीको सूचना प्राप्त भए लगत्तै प्रहरी चाैकी महादेवाको टोली, नेपाल प्रहरी, हनुमाननगर नगरपालिकाको दमकल र स्थानिय बासिन्दाहरुको सहयोगमा आगो रातको ३:०० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
क्षतिको विवरण:
१. शिव कुमार मण्डलको घर: टिनको छानो लगाएको तीन कोठे घर र अन्य सामान गरी १० लाख रुपैयाँ बराबरको नोक्सानी।

२. सुगम्बर मण्डलको घर: चार कोठे घर, अन्नपात, नगद तथा गरगहना गरी १७ लाख २० हजार रुपैयाँ बराबरको क्षति।

३. गुनेश्वर मण्डलको गोठ र परालको टाल: कुल १ लाख रुपैयाँ बराबरको नोक्सानी।

यस घटना क्रममा मानवीय र चौपाया क्षति नभएको स्थानीय स्रोतले पुष्टि गरेको छ। विस्तृत अनुसन्धान जारी रहेको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button