समाज

चन्द्र नहरको ढोका भत्किदा दर्जनौं घर डुवानमा, लाखौंको क्षति

पब्लिक प्रेस |

कैलाश  माझी – 

सप्तरीको सप्तकोशी नगरपालिका ४ बलार्दह चौक स्थित पुलको छेउमा रहेको देशकै पुरानो चन्द्र नहरको पुर्व पट्टीको एक ढोका भत्किदा गाउमा पानी पसेर करिब सयौ जनताको जनजिवन प्रभावित भएको छ ।

केहीदिन देखि परेको अविरल बर्षाका कारण नहरको सबै ढोका खोल्दा पानीको बहाब थेग्न नसकेर ढोका भत्किएकाे हाे । बलार्दह चौकदेखि पूर्वपट्टिको सरदार टोल पूर्ण रूपमा डुबानग्रस्त भएको छ ।
घरभित्र पानी पसेपछि भित्र भएका नगद र जिन्सी सामानहरु काम नलाग्ने भएका छन् । बाढीले दिपेन्द्र कुमार सरदार, सुखिलाल सरदार, मुखिलाल सरदार, बीरेन्द्र सरदार, राजीन सरदार, बिहारी सरदार, संतोष सरदार, बिष्णुदेव सरदार,भोला प्रसाद सरदार, शम्भु सरदार, बद्री सरदार, लक्ष्मी सरदार, छेदी दास,सुरज दास लगायतका दर्जनौं मानिसहरुको घर डुवानमा परेको छ।
अकस्मात् शनिवार बेलुका आएको साे बाढीले आधारभूत आवश्यकताका अन्न, लत्ताकपडा, रुपैयाँ पैसा, बिछ्यौनाजस्ता सामग्रीहरू बगाइदिँदा पिडितहरु बिचल्लीमा परेका छन् । यसैगरी स्थानीय जागेश्वर दासको पोखरी भत्काई माछा बगाइदिएको छ भने पश्चिमी बाँध भत्काइएको छ। सरदार बस्ती पूर्वका झण्डै पच्चीस बीघा जमिनको धानबाली बाढीले नष्ट गरेको छ।
त्यस्तै यश अघि पनि मुलुककै पुरानो चन्द्र नहर बर्षौदेखि जिर्ण भएकै कारणले जिल्लाका सयौं बिगहा खेती योग्य जग्गा सिंचाईको अभावमा बाँझै रहेको थियो ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button