समाज

डाक्नेश्वरीका बासिन्दा सडक समस्यामा पिरोलिँदै: राजनीति र प्रशासनको असफलता

नविन निर्भय ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ को बथनाहा टोलमा करिब ५०० मिटर लामो सडक खण्ड १० वर्षदेखि बेवास्ता हुँदा स्थानिय जनताको दैनिक आवतजावत कष्टकर बनेको छ। सामान्य पानी पर्दा समेत जमेको पानीका कारण सडक हिलो र दुर्गम हुने गर्छ। झन धेरै पानी परेमा स्थिति अझै नाजुक बन्ने खतरा स्पष्ट देखिन्छ।

स्थानिय ईन्जिनियर भरत यादवका अनुसार, सरकारी निकाय र सम्बन्धित अधिकारीहरूले यथाशीघ्र कदम चाल्नुपर्ने आवश्यक्ता रहेको छ। “यो समस्यालाई समाधान गर्न धेरै पटक प्रयास गरे पनि, जातीयता र पार्टीगत राजनीतिक लडाइँले समाधानलाई अवरुद्ध गरेको छ,” यादवले बताए।

स्थानियवासीले पनि अब सम्भावित जोखिमको सामना गर्न बुद्धिजीवी, सामाजिक अभियन्ता र शिक्षाप्रेमीहरूलाई आवाज उठाउन आग्रह गरेका छन्। उक्त सडक सुधार र दिगो पानी व्यवस्थापनको उपाय खोज्न सरकारी चासो अपरिहार्य बनेको स्थानीयहरूले बताएका छन्। याे सन्दर्भमा नगरपालिकाका अधिकारी र वडा अध्यक्षले पनि कुनै प्रतिक्रिया दिन चाहेका छैनन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button