समाज

सभ्य समाज बनाउन जुटाैं

सम्पादकीय
सभ्य समाज बनाउन जुटाैं

हरेकले आफ्ना समाजको रहन सहन, आचार, बिचार, वातावरण, सस्कार, सस्कृती संगसंगै असल घुलमिल, सहयाेग तथा ईमानदारिताकाे पहिचान चाहान्छन् । कुनैपनि समाजको सभ्यता मापनको प्रमुख आधार त्यस समाजमा बिद्यमान सामाजिक मर्यादा, न्याय, पारस्परिक सम्मान, सुसंस्कृति र विकास नै हो । समाज जति बढि न्यायपूर्ण, सुसंस्कृत र मर्यादित हुन्छ त्यतिनै बढि सभ्य र विकसित हुन्छ ।
याे मूल्य मान्यतालाई नमान्ने समाजमा कुनैपनि भाैतिक बिकास वा आर्थिक बिकास परिवर्तनले समाज बिकास र सभ्यताकाे सुनिश्चितता प्रदान गर्दैन । त्यसकारण एउटा सभ्य र समुन्नत समाज निर्माणका लागि समाजमा ईमानदारिता, बफादारिता र न्यायपूर्ण नीतिसतक बन्नै पर्छ । राजनीतिक परिवेसबाट उतावचडाव गरि समाजिक गतिविधी बिगार्ने देखि आर्थिक लाेभ लालच प्रलाेभन जस्ता नकरात्मक गतिविधीमा संलग्न रहेर समाजकाे मान, मर्यादा , न्याय, पारस्परिक सम्मान रहन सक्दैन । जब याे नकरात्मक गतिविधी समाजमा हुन्छ भने त्याे समाजलाई सभ्य समाज भन्न सकिँदैन । समाज भन्दा काेहि भिन्न रहन सकिँदैन तर समाजमा भइरहेकाे नकरात्मक गतिविधीलाई भने स्वीकार्य गर्न सकिँदैन । बाैद्धिक समाज याे दार्शनिक सिद्धान्तबाट कदाचित अलग भएर बस्न सक्दैन । साथै समाजभित्र भएका, हुँदै आएका कुनै किसिमकाे अशाेभनिय एवं गलत कृयाकलापलाई हटाउँन वा अनन्त्य गर्न/ गराउन पनि उत्तिकै कर्तब्यबाेध हुनु जरूरी छ । समाज भित्रका कुनैपनि किसिमका खराब कृयाकलापकाे अन्त्य गरेर समाज सुधारका कार्यमा जुट्नुकाे सट्टा समाजले सहेर बस्नु त्याे भन्दा ठुलाे कानुनी अपराध अरू छैन । समाज तथा गाउँघरमा भएका अन्याय,अत्याचार र ननाथरीका उछृङ्खलताकाे बिराेध गरेर संलग्न ब्यक्तीत्वलाई सुधारेर लैजाने समाजकाे दायित्व हाे । तर यसकाे बिराेध गर्दा वा सच्याएर लैजान प्रयत्नशील हुँदा समाजकाे बदनाम हुन्छ , बाहिर थाहा हुँदा गाउँ समाज घृणित हुन्छ भनेर भन्नु बाँदरलाई लिस्नाे लगाउनु जतिकै हाे । यस्तै घटना भएकाे छ सप्तरीकाे तिलाठी काेइलाडी गाउपालिमा ७ स्थित बभनगामामा । समाज सुधारमा स्थानियकाे पहल आवश्यक छ है , यहाँ केही गिराेहले समाजकाे बदनाम गर्दैछ भनेर सचेत गराउने वा जानकारी गराउँने पक्ष नै उल्टै समाजकाे बदनाम भाे रे । शिक्षित, बाैद्धिक समाजकाे अर्थ हाे अन्याय, अत्याचार तथा नास्तीक प्रबृत्ती निराेधक तर यहाँ विपरित भएकाे छ । केहिदिन अगाडि केही शाेसल मिडियामा आएको समाचारप्रती यहाँका केही ब्यक्तिले खेद प्रकट गरेका छन् । समाचारले समाजमा भएका , गरेका राम्रा, नराम्रा, अन्याय, अत्याचार, पीडा, कष्ट लगायतका घटनालाई सु सूचित गराउँने माध्यमलाई नै दाेष लगाउनु ठीक हुदैन । हामी सबै सकरात्मक साेचकाे पंतीमा उभिए सभ्य समाज पक्कै बन्छ, सभ्य समाज बनेमात्र हामी सबैकाे बिकास हुन्छ । तसर्थ हामी सबै सकरात्मक साेंच बिचार लिएर एकताकाे बन्धनमा बाधिने काेशिस गराै ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button