प्रहरी प्रशासन

बढुवा भएका सहायक प्रहरी निरिक्षकहरूलाई दर्ज्यानी चिन्ह

पब्लिक प्रेस संवाददाता
राजबिराज मङ्सीर २४ गते ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएकाे छ । कार्यालय प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाको प्रमुख आतिथ्यतामा साेमबार कार्यालयमा आयोजित कार्यक्रमबीच यस कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट बढुवा भएका प्रहरी सहायक निरीक्षकहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशाेभन गरेकाे हाे ।

तालुक प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको च.नं. ३३०५, प्रहरी महानिरीक्षकको मिति २०८१/०८/१७ गतेको निर्णयानुसार यस कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट सहायक प्रहरी निरिक्षकमा बढुवा भएका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथिकाे आसनबाट प्रहरी उपरिक्षक खतिवडाले बढुवा भएका प्रहरी सहायक निरीक्षकहरूलाई बधाई एवम् शुभकामना व्यक्त गर्नुभयाे ।

उहाँले पदोन्नतीसँगै भोलिका दिनमा अझ जिम्मेवारी भएर ईमान्दारिता तथा थप क्रियासिल भई पदिय जवाफदेहिताको लागी राज्य, संगठन र जनता प्रति अनुग्रहित हुदैं कुशलतापूर्वक कार्यसम्पादन गर्न समेत सुझाव दिनुभयाे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button