पब्लिक प्रेस संवाददाता
कञ्चनरुप जेठ २३ गते ।
सप्तरीकाे कञ्चनरुप ८ बेरीयर स्थित एन्जिला होटल एण्ड लजमा मृत भेटिएका धनकुट्टाका युवकका शवलाई बुधवार धरान घाेपा पठाइएकाे छ । शवलाई मृतकका आफन्तलाइ जिम्मा लगाइ पोष्टमार्टमका लागि पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएकाछन् । साेमबार बास बस्न आएका धनकुट्टा निवासी २८ बर्षिय सुजन कार्कीले पंखामा डाेरी झुण्ड्याई गलामा पासाे लगाएर आत्महत्या गरेको थियो ।
खानाको अर्डर गरेको थियो तर खान आएन, होटेल व्यावसायी निशा खत्रीले भने आफुलेपनी बोलाउदा समेत आएन मंगलवार बिहान ११ बजेसम्म ढोका ढकढकाउदा चालचुल नभएपछी प्रहरीलाइ खबर गरेको हुँ ।
खत्रीकने अनुसार, उक्त होटलमा सोमबार ८ जना ब्यक्ति मात्र बास बसेकाे हाे ।
कञ्चनरुप नगरपालिकाको बिशेष सहयोग एवं पहलमा तथा डिट्ठा पोखरी सुधार समितिको आयोजनामा गत जेष्ठ १७ गते देखि सुरु भएको कञ्चनरुप महोत्सवमा कलाकारकाे रुपमा आएका व्यक्तिहरु ५ दिन देखि यसै होटल एण्ड लजमा बसिरहेका छन् । यिनिहरुकै संसर्गमा मृतक कार्की आएको हुनसक्ने डिएसपी महेन्द्र नेपालकाे अनुमान छ । उहाँकाे अनुसार कलाकारहरुलाईपनि राखेर अनुसंधान गरिने छ ।










