समाज

महादेवा गाउँपालिकामा चोरी

राजविराज |

सप्तरीको महादेवा गाउँपालिका १ बल्थीबाट सार्वजनिक होम पाइप चोरी भएको भनेर जिल्ला प्रहरी कार्यालय सप्तरीको चोरी शाखामा उजुरी दिएको छ ।

वडा १ बल्थीबाट सार्वजनिक होम पाइप चोरी भएको भनेर जिल्ला प्रहरी कार्यालय सप्तरीको चोरी शाखामा आईतवार उजुरी दिएको हो ।

महादेवा गापा १ स्थानिय विनोद कुमार यादवले गत जेठ ५ गते राती १० वजेको समयमा सदा टोलमा डगर वाटोमा रहेको होम पाइप जेसीवीबाट उखलेर कृपाली महतो र विधानन्द यादवले आफनो निजी कुखुरा फार्म नजिक जडान गरेकोले आवश्यक कानुनी कार्यावाहीको लागी उजुरी पत्रमा उल्लेख गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको चोरी शाखाले आवश्यक कानुनी कार्यावाहीको लागी प्रकृया बढाएको प्रहरीले जनाएको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button