तराईमा बसोबास गरिरहेको यादव समुदायको एकमात्र नेपाल यादव युवा संघले हरेक जातजाति र भाषा भाषीका समुदायको समस्या समाधानको लागि सामाजिक कार्यमार्फत सक्रियता बढाउदै आएको छ। एक पिछ अर्को समाजिक उतरदायित्वप्रति अग्रसर हुदै आएकाे छ।
यतिबेला मधेस प्रदेशमा आगलागीका घटना भैरहेको छ। ति जिल्लाहरुमा गएर स्थानीयको उद्वार कार्यमा निकै सक्रियता देखाउदै पिडितहरूकाे घाउमा मल्हम पट्टी लगाउदै आएको छ।
मधेस प्रदेशकाे सप्तरी जिल्लामा
कञ्चनरूप नगरपालिका-५ पडेमारामा आगलागी हुँदा १२ परिवारका २४ घर जलेकाे छन। वैशाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवा टोलमा भीषण आगलागी हुँदा १०३ घर जलेर नष्ट भएका थिए।
सप्तरी महादेवा गाउँपालिका-१ चिम्टी टोलका शत्रुधन यादवको घरबाट सुरु भएको आगलागीले ६२ परिवारका १३२ घर जलेकाे थियाे। यसैगरी सर्लाही जिल्ला विष्णु गाउँ पालिकाको वाड नम्बर १ स्थित बाराउद्योरण गाउँमा स्थानीय शत्रुघन राउतको घरबाट खाना पकाउने ग्यास लिक भएर फैलिएको आगोले ७२ घर जलेका थिए।
सप्तरी, महादेवा गाँउपालिका १ चिमटीका ६६ आगलागी पीडित परिवारलाई समान राख्ने ठूलो बक्सा नेपाल यादव युवा संघद्वारा आईतवार वितरण गरिएको
थियोे।
सर्लाहीकाे बिष्णु गाँउपालिका १ बारा उदोरन गाउँमा ६१ आगलागी परिवारलाई साडी, पटिय, मच्छरदानी, जाजिम, गम्छा, नुहाउने साबुन, कपडा धुने र सरफ प्रत्येक घरपरिवारलाई वितरण गरिएको छ। यसैगरी महोत्तरी मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित जरलहवा गाछी बस्तीमा १०४ अग्नि पीडित प्रति परिवारलाई राहत स्वरुप कठौती, पलेट ,बालट्टी ,गलास वितरण गरिएको थियोे भने,
सिरहा मिर्चैया ३ सिसबोनि गाउँमा आगलगीमा परेको ५ जना पिडित परिवारलाई राहत स्वरूप भात पकाने भाडो हण्डी, डोल, पलेट, लोटा, छोलनी, करछुल, कठौती लगायतका सामग्रीहरू वितरण गरिएको नेपाल यादव युवा संघकाे केन्द्रीय अध्यक्ष चन्द्र यदु बंशिले बताए। यादव संघठन प्रति विश्वास राखेर सहयाेग गर्ने सम्पुर्ण आजकाे यादव युवा, युवती वर्गलाई हृदयदेखि धन्यवाद दिएको छ। आगामी दिनमा पनि हामी सबैकाे आपत बिपत्तिमा अहाेरात्र खट्ने प्रतिबद्धता यादव समुदायले गरेको छ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।