धर्मसमाज

छठ पर्वमा व्रतालु महिलालाई साडी वितरण

नविन निर्भय यादव
राजविराज, । हिन्दुहरूको महान पर्व छठपर्वको पावन अवसरमा तराई मधेस महिला फाउन्डेशन नेपालले व्रतालु महिलाहरूलाई साडी वितरण गरेको छ।

छठ पर्वको दोस्रो दिन अर्थात् खरनाको अवसर पारेर राजविराज नगरपालिका–६ स्थित पुरनि पोखरी महाडमा आइतवार साडी वितरण कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा फाउन्डेशनकी अध्यक्ष सुनिता कुमारी साहले व्रतालु महिलाहरूलाई साडी वितरण गर्दै छठ पर्वले महिलामा धार्मिक ऊर्जा र आत्मबल वृद्धि गर्ने बताइन्।

उनले भनिन्, “छठ पर्व श्रद्धा, आस्था र स्वच्छताको प्रतीक हो। यस पर्वले महिलाहरूमा धार्मिक चेतना र आत्मबल अभिवृद्धि गर्दछ।”

सो अवसरमा छठी व्रतालु मनका सदा, काजल सदा, बुलकी सदा, चन्द्रिका सदा, रामवती देवी सदा, मंजु बेलदारलगायत २५ जना व्रतालु महिलाहरूलाई साडी वितरण गरिएको थियो।

कार्यक्रममा सहभागी महिलाहरूले एकअर्कालाई कबिरको टीका लगाउँदै छठी माताको जयजयकार गरेका थिए।
उनीहरूले सन्तान दाहिने, रोग–बिकार विनाशिनी, धन–प्रदायिनी महानदेवी छठी माताको आराधना गर्दै फाउन्डेशनको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे।

व्रतालु महिलाहरूले अध्यक्ष साहको समाजसेवी र धार्मिक योगदानको प्रशंसा गर्दै फाउन्डेशन निरन्तर रूपमा समाजसेवामा सक्रिय रहेको उल्लेख गरे।
विगत आठ वर्षदेखि फाउन्डेशनले छठ पर्वसहित विभिन्न धार्मिक तथा सामाजिक अवसरमा सहयोग र वितरण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button