समाज

मन्त्री लेखीद्वारा कैदीबन्दीहरूसंग भेटघाट

डम्बर राई
राजबिराज मङ्सिर २० गते ।

मधेश प्रदेश गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले कारागारका कैदीबन्दीहरूसंग प्रत्यक्ष भेटघाट गरेका छन् । मन्त्री लेखीले बिहिबार सप्तरी स्थित राजबिराजका कारागार, प्रहरी कर्मचारी बस्ने भवन, प्रहरीकाे मेषकाे समेत निरिक्षण गरेका छन् ।

कैदीबन्दीहरूलाई भेटघाट गरि उनिहरूकाे समस्याका वारेमा जानकारी लिदै मन्त्री लेखी अन्तरक्रीया कार्यक्रममा सहभागी भएका थिए । साे अवसरमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान बिभाग सप्तरीका उप-अनुसन्धान निर्देशक सुरेन्द्र कोईराला, सशस्त्र प्रहरी गण नं. ६ का सशस्त्र प्रहरी नायव उपरीक्षक बिपन देसार लगायतका उपस्थिति रहेका थिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button