प्रहरी प्रशासनसमाज

राजगढमा प्रहरीको गोलीबाट एकको मृत्यु

पब्लिक प्रेस ।

सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति भएको गोलीकाण्डमा स्थानीय लालु यादवको मृत्यु भएको छ।

स्थानीयवासीका अनुसार, राति करिब १०:३० बजे प्रहरी टोलीले तस्करहरूलाई धरपकड गर्ने क्रममा भारतीय पक्षको सामान लिने भारतीय तस्करले पहिलो गोली प्रहरीमाथि चलाएको थियो। त्यसपछि जवाफी कारबाहीमा नेपाल प्रहरीले गोली चलाउँदा स्थानीय लालु यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

स्थानिय सत्येन्द्र यादवका दाबी अनुसार, प्रहरीले गोली जानाजानी चलाइएकाले लालु यादवको मृत्यु भएको हो।

सो घटनामा एक जना प्रहरी घाइते भएको जानकारी प्राप्त भए पनि उनको अवस्थाबारे आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button