समाज

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

पब्लिक प्रेस सम्वाददाता
राजविराज ।

सप्तरी प्रहरीले सवारी ज्यान मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ गरेका छन् । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का पञ्चदेव मण्डललाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।

सप्तरी जिल्ला अदालत राजविराजबाट १५ दिन कैद सजाय तोकेपछी एक बर्षदेखी फरार रहेका मण्डललाई खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय कंचनपुरका गस्ती टोलीले फेलापारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेका मण्डललाई आवश्यक कारबाहीका लागि शुक्रबार सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता एवं डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button