समाज

मृत अवस्थामा भेटिएकी युवतीको हत्या गरिएको आरोप

देवराज यादव

सुनसरी।

केहि दिनदेखि घरबाट हराई रहेकी कोशी गाउँपालीका वडा नम्बर ३ स्थित पश्चिम कुसाहा बस्ने रहमान मन्सुरी कि अन्दाजी २१/२२ वर्षकी छोरी बसिरन खातुन जेष्ठ १४ गते सप्तरी जिल्लाको हनुमान नगर कंकालिनी नगरपालिका वडा नं १, कोशी ब्यारेजको गोल घर जाने बाटोमा रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

सोहि विषयमा बिहिवार संचारकर्मीलाई प्रतिक्रिया दिदै उनको आफन्तले बसिरन खातुनको हत्या गरी उनको ससुराली पक्षले फालेको गम्भिर आरोप लगाएका छन । सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ३ स्थित पश्चिम कुसाहा बस्ने गाउँकै सराज अन्सारीको छोरा अख्तर अन्सारीसंग प्रेम सम्बन्ध रहेको पाइएपछि स्थानीय गाउँ समाजले उनीहरुको दुई वर्ष पहिले बिहे गरिदिएको स्थानीयको भनाई छ । विवाह पछि ति केटा हाल वैदेशिक रोजगारीमा रहेकोमा केटापक्षका हरुले दाइजोको नाममा पटक पटक केटीलाई यातना दिदै आएको केटीपक्षको आरोप छ ।यसबारे सप्तरी प्रहरीले अनुसन्धान गरिरहेको हुनाले अनुसन्धान बाट सबैकुरा खुल्दै जाने बताइएको छ

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button