जसपा नेपालसमाज

सरकारी सम्पत्ति हिनामिना प्रकरण : तिलाठी कोईलाडी वडा अध्यक्षविरुद्ध अख्तियारमा उजुरी दर्ता

नविन निर्भय यादव |
सप्तरी । स्थानीय तहमा बढ्दो भ्रष्टाचारको लहरबीच तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष हरिनारायण मण्डलविरुद्ध सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ईटहरीमा उजुरी दर्ता गरिएको छ। उजुरी दर्ता नम्बर 074608 मा २८ गते दर्ता भई कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको स्राेतले जानकारी दिएका छन् ।

उजुरीमा भनिएको छ कि आर्थिक वर्ष २०८० मा वडा कार्यालय परिसरभित्र रहेका आप जातका ४ र सभेदी जातका ६ वटा वृक्ष तथा ४ थान पुराना काठका दराजहरू बिना कुनै कानुनी प्रक्रिया बिक्री गरिएको हो।

स्थानीय स्रोतका अनुसार, यो कार्यले सार्वजनिक सम्पत्तिको दुरुपयोग र पारदर्शिताको गम्भीर प्रश्न उठाएको छ। उजुरीकर्ताले दोषी माथि कडा भन्दा कडा कारबाहीको माग गरेका छन्।

नेपालमा पछिल्ला वर्षहरूमा स्थानीय तहमा भ्रष्टाचारका उजुरीहरू उल्लेख्य रूपमा बढेका छन्। अख्तियारको प्रतिवेदनअनुसार, झण्डै आधा उजुरी स्थानीय तहसँग सम्बन्धित हुने गरेका छन् । यसले देखाउँछ कि ‘गाउँ–गाउँमा सिंहदरबार’सँगै गाउँ–गाउँमा भ्रष्टाचारको छायाँ पनि फैलिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button