मनोरञ्जन

जेठ १५ देखि प्रदर्शनमा ‘कुम्भ’, रन्धिर श्रेष्ठको निर्देशनमा डेब्यु

पब्लिक प्रेस

काठमाडौं |
म्युजिक भिडियो निर्देशन तथा फिल्म छायांकनमा लामो समयदेखि सक्रिय रन्धिर श्रेष्ठले निर्देशनमा डेब्यु गरेको फिल्म ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ। एक्सन–लभ स्टोरी जनरामा निर्माण गरिएको फिल्म ए रस प्रोडक्सनको ब्यानरमा तयार भएको हो।
नेपाली र हिन्दी दुवै भाषामा रिलिज गरिने तयारी रहेको फिल्ममा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ। यसैगरी दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको पनि फिल्ममा अभिनय देख्न पाइनेछ।
नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको छायांकन स्वयं निर्देशक श्रेष्ठले गरेका हुन्। द्वन्द्व निर्देशन संजय थापाले सम्हालेका छन् भने निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न रहेका छन्।
निर्देशक श्रेष्ठले ‘कुम्भ’लाई आफ्नो निर्देशन यात्राको महत्वपूर्ण सुरुवातका रूपमा लिँदै दर्शकलाई नयाँ स्वाद दिने विश्वास व्यक्त गरेका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button