मनोरञ्जन

प्रेमभावमा आधारित ‘आहां स दिल लगैली’ रिलिज हुँदै, दर्शकमाझ उत्साह

पब्लिक प्रेस ।

बिराटनगर — प्रेमभावमा आधारित नयाँ म्युजिक भिडियो ‘आहां स दिल लगैली’ शनिवार सार्वजनिक हुने भएको छ। सार्वजनिक हुन लागेको यस गीतप्रति दर्शक तथा श्रोतामाझ उत्सुकता बढ्दै गएको निर्माण टिमले जनाएको छ। गीतमा चर्चित टिकटकर धिरु भाई र लोकप्रिय नायिका आयुषा बि.के.को आकर्षक अभिनय देख्न पाइनेछ।
गीतमा गायक राकेश पासमान र सानु मायाको स्वर रहेको छ। आधुनिक संगीत संयोजनमा तयार गरिएको यस गीतले प्रेम, भावनात्मक सम्बन्ध र जोडीबीचको आत्मीयता प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ। विशेषगरी, रोमान्टिक दृश्य, लोकेशन छनोट र कलाकारहरूको केमिस्ट्रीलाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको बताइएको छ।
नायिका आयुषा बि.के.का अनुसार गीतमा देखाइएको कथा र भावनाले दर्शकको मन छुने विश्वास गरिएको छ। उनले गीतमा आफू र सह–कलाकार धिरु भाईबीचको अभिनयलाई स्वाभाविक र जीवन्त बनाउन विशेष मेहनत गरिएको पनि उल्लेख गरिन्।
म्युजिक भिडियोमा आकर्षक सिनेमाटोग्राफी, दृश्य संयोजन र कथावाचन शैली प्रयोग गरिएको छ, जसले गीतलाई थप प्रभावशाली बनाउने अपेक्षा गरिएको छ। निर्माण टिमका अनुसार दर्शकको रुचि अनुसारको प्रस्तुति दिन खोजिएको छ, जसले गीतलाई बजारमा फरक पहिचान दिलाउने विश्वास लिइएको छ।
‘आहां स दिल लगैली’ शनिबनर धिरु भाईको आधिकारिक युट्युब च्यानलसहित विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिनेछ। निर्माण टिमले सम्पूर्ण दर्शक तथा श्रोताहरूलाई गीत हेरेर माया, साथ र प्रतिक्रिया दिन आग्रह गरेको छ।

 

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button