समाज

डा. यादवको जन्मभूमिमा परिवर्तनको संकेत: दलित समुदायको लागि नयाँ आशा

पब्लिक प्रेस ।

सप्तरी जिल्लाको महादेवा ४ मा हाल दलित समुदायको उत्थानका लागि भइरहेको विकास निर्माण कार्यले क्षेत्रलाई नयाँ स्वरूप दिन थालेको छ। स्थानीय जनतामा खुसी र नयाँ आशाको संचार हुँदै गर्दा, जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले आफ्नै जन्मभूमिमा फर्केर यी कार्यहरूलाई नजिकबाट नियालिरहेका छन्।

डा. यादव, जो आफ्नो नेतृत्वकौशल र नीतिगत प्रतिबद्धताका लागि परिचित छन्, प्रवक्ता भएको केही समयमै आफ्नो गाउँको दुख र पीडामा मलहम पट्टी लगाउन सक्रिय भए। गाउँलेहरूसँग प्रत्यक्ष भेटघाट गर्दै, उनले उनीहरूको समस्या बुझ्ने र समाधान खोज्ने प्रयत्न गरेका छन्।

उनले समाजमा आर्थिक र सामाजिक समानताका लागि लिएको अठोटले यस क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने संकेत दिएको छ। दलित बस्तीमा सुरु भएका विकास निर्माण कार्यहरूले गरिब र पिडित समुदायमा सकारात्मक प्रभाव पारेको छ। स्थानीय जनताले प्रवक्ताकाे यो कदमलाई अत्यन्तै सराहनीय ठानेका छन्।

गाउँका एकजना अग्रजले भने, “हाम्रा लागि यो ऐतिहासिक दिन हो। जन्मभुमिमा फर्किएर प्रवक्ता यादवले यहाँको विकास र उत्थानका लागि जुन पहल थालेका छन्, त्यसले हाम्रो भविष्यमा ठूलो महत्व राख्छ।”

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button