राजविराज नगरपालिका–४ का व्यावसायी ३२ वर्षीय औरंगजेब आलमको २०८१ असार ४ गते हत्या भएको आरोपमा असार ५ गते पक्राउ परेका राजविराज नगरपालिका–३ का ४६ वर्षीय मो. नसिर र असार १३ गते पक्राउ परेका राजगढ गाउँपालिका–६ इनरुवाका ४० वर्षीय लालो भनिने लाल मोहम्मद खान असार ३१ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको छ । औरंगजेवको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा असार ७ गते मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयले असार ५ गते ज्यान मार्ने उद्योगमा दर्ता गरेको उक्त उजुरी असार ७ गते कर्तव्य ज्यानमा परिणत भएको थियो । अन्य छ जना आरोपितहरु फरार छन् । जिल्ला अदालतमा असार २८ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलाशले असार। ३१ गतेदेखि दुई आरोपित पुर्पक्षका लागि कारागारमा थुनामा पुगेका छन् ।
स्रोत ः इन्सेक सप्तरी
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।