समाज

आगलागी पीडितलाई राहत वितरण

नविन कुमार यादव
सप्तरी। महादेवा गाँउपालिका वडा नं.१ चिम्टि भएको आगलागी पीडितलाई यहाँ सबैले राहत वितरण गरेका छन्। विशेष गरी नेपाल प्रहरी श्रीमती संघ सप्तरीको आयोजनामा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोख्रेल, मधेश प्रदेश संघिय जनकपुरका प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ, मधेश प्रदेश प्रहरी तालिक केन्द्र जनकपुरका प्रमुख गोपाल चन्द भट्टराई, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गजु सिद्धि बज्राचार्य र नेपाल प्रहरी श्रीमती संघको अध्यक्ष लक्ष्मी कुँवर, मधेश प्रहरी श्रीमती संघका अध्यक्ष गरिमा कुमारी पोख्ररेल, मधेश प्रहरी श्रीमती संघका उपाअध्यक्ष मिना गुरुङ, महादेवा गाउ पालिकाका अध्यक्ष सुनिल मण्डल, महादेवा गा.पा उपाअध्यक्ष अर्चान कुमारी यादवलगायतको पहलमा आगलागीबाट पीडित ५० घरधुरीलाई राहत वितरण गरिएको छ।
चिम्टी वार्ड नम्बर १ मा बैशाख १८ गते आगलागी भएर सयभन्दा बढी घरटहरा जलेर नस्ट भएको थिए। दुईसयभन्दा बढी परिवार आगलागीको कारण विस्थापित भएका थिए।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button