शिक्षा

विद्यालयको शैक्षिक प्रगतिका लागि केदार यादव व्यवस्थापन समितिमा

पब्लिक प्रेस ।

सप्तरी। विष्णुपुर गाउँपालिका–१ खुरहुरियास्थित श्री जनता माध्यमिक विद्यालय खुरहुरियाको विद्यालय व्यवस्थापन समितिमा केदार प्रसाद यादव र दाता परिवारकी सैवाबती देवी यादव मनोनित भएका छन्।
विद्यालयका अनुसार नवगठित व्यवस्थापन समिति सदस्यहरूको सर्वसम्मत निर्णयअनुसार जिल्ला सप्तरी, विष्णुपुर गाउँपालिका वडा नम्बर १ खुरहुरिया निवासी यादवलाई बुद्धिजीवी तथा शिक्षा प्रेमी व्यक्तित्वका रूपमा समितिमा मनोनयन गरिएको हो। त्यसैगरी, दाता परिवारकी सैवाबती देवी यादवलाई पनि विद्यालयको विकास र व्यवस्थापनमा सक्रिय योगदान पुर्‍याउने क्षमताका आधारमा समितिमा मनोनयन गरिएको जनाएको छ।

विद्यालयले मिति २०८२ मंसिर २६ गते चयन गरिएको व्यवस्थापन समिति सदस्यहरूको बैठकबाट मिति २०८२ चैत १ गते दुबैलाई औपचारिक रूपमा मनोनयन गर्ने निर्णय गरेको जनाएको छ।
विद्यालय प्रशासनले केदार प्रसाद यादव र सैवाबती देवी यादवको अनुभव र सक्रियताले विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
विद्यालयका प्रधानाध्यापक रामनारायण यादव ले दुबैलाई प्रमाणपत्र प्रदान गर्दै विद्यालयको शैक्षिक प्रगतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताए।
वि.सं. २०१६ मा स्थापित उक्त विद्यालय क्षेत्रकै पुरानो तथा महत्वपूर्ण शैक्षिक संस्थाका रूपमा परिचित छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button