समाज

सप्तरीमा करेन्ट लागेर एक दम्पतीको मृत्यु

पब्लिक प्रेस सम्वाददाता
राजविराज ।

सप्तरीको रुपनी गाउँपालिका–२ पौवामा शनिबार बिहान ईलेक्ट्रीक सिटि चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय बालेश्वर भन्ने कैला खंग र उनकी ३५ वर्षीया पत्नी रामकुमारी खंग रहेका छन् ।
ईलाका प्रहरी कार्यालय रुपनीका अनुसार ईलेक्ट्रीक सिटी चार्ज गर्ने क्रममा उनीहरुको करेन्ट लागेर मृत्यु भएको हो ।
स्थानियले घटनाबारे ईलाका प्रहरी कार्यालय रुपनीमा जानकारी गराए लगत्तै प्रहरी टोली घटना स्थल पुगेर कानुनी प्रक्रिया पूरा गरि शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज पठाईएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button