पब्लिकप्रेस संवाददाता
राजविराज ।सप्तरीको आधा दर्जन बढी गाउँहरुमा खानेपानीको अभाव भएको छ।यद्यपि जिल्ला प्रशासन कार्यालयले अभाव भएको गाउँहरुमा खानेपानी वितरण शुरु गरेका छन ।
जिल्लाको सुरुङा नगरपालिका-१० थलहा र सिसुवा,राजगढ गाउँपालिका-३ नर्घो,रुपनी गाउँपालिका-१ र २ पिपराही,विष्णुपुर गाउँपालिका-३ सिमरहा,अग्नि साइरकृष्ण संवरण गाउँपालिका-३ मटिगढी र राजगढ गाउँपालिका-१ मा खानेपानी अभाव भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी दिएको छ।
भुगर्भीय पानीको सतह धेरै तल रहेको ती गाउँहरुमा सामान्य ट्युबवेलहरु प्रभावकारी हुन छाडेका छन।जसले त्यहाँ खानेपानी संकट बढाएको स्थानीयहरु बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लाको केही गाउँहरुमा खानेपानी अभाव भएको जानकारी प्राप्त भएको र जिल्ला विपद व्यवस्थापन समितिले समेत निर्णय गरिएको हुँदा बरख गण,भलुवाही व्यारेकको दुईवटा ट्याङ्करहरु मार्फत वितरण कार्य थालिएको गरिएको बताए ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।