राजनीति

प्रदेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

पब्लिक प्रेस
राजविराज ।

मधेश प्रदेश सरकारबाट जनमत पार्टीले दुई मन्त्री फिर्ता बोलाएको छ । उनीहरूको ठाउँमा अर्को व्यक्ति मन्त्री हुनेगरी दुई मन्त्रीलाई फिर्ता गरिएको हो ।

पार्टी प्रवक्ता डा. शरदसिंह यादवका अनुसार वसन्त कुशवाहालाई उद्योग तथा पर्यटन र सञ्जय यादवलाई वन मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

उद्योग तथा पर्यटन मन्त्रालय सम्हालेका सकिल मिया अन्सारी र वन मन्त्रालयको जिम्मेवारीमा त्रिभुवन साहलाई मन्त्रीबाट फिर्ता बोलाइएको थियो । प्रवक्ता यादवका अनुसार एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रीलाई फिर्ता गरेर जिम्मेवारी अर्को व्यक्तिलाई दिइएको हो ।

जनमतले मधेश सरकारको नेतृत्व गरेको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button