समाज

सकरपुरामा  आगलागीबाट चार घर जलेर नष्ट

पब्लिक प्रेस |

सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिक वडा नं. ३, सकरपुरामे आइतबार राति ८ बजे आगलागी भएको छ। आगलागीबाट स्थानीय नथुनी यादवको दुई, लखन मुखियाको एक र गोकर्ण मुखियाको तीन कोठा भएको घर गरी चार वटा घर पूर्ण रूपमे जलेर नष्ट भएक छन्।

आगलागीमे परेर नथुनी यादवको एउटा खसी र एउटा बाख्रा जलेर मरेको वडा अध्यक्ष रमेश मुखियाले जानकारी दिनुभएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, नथुनी यादवको गुहालीमा बालिएको घुरबाट आगो सल्केको बताइएको छ।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमे लिइएको भए पनि ठूलो धनमालको क्षति भएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button